१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


निधिले मोदीसँग राखे हुलाकी सडक, अन्तरदेशीय रेलसेवाको कुरा, मोदीले के भने ?


0
Shares

काठमाडौं, भदौं ४ । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतकारुपमा भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले संविधान कार्यान्वयन र त्यसमा सबै जनताको चाहना समायोजन गर्नु वर्तमान सरकारको प्रमुख प्राथमिकता भएको स्पस्ट गरेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग सेभेन रेसकोर्सस्थित उनको निवासमा शनिबार भएको भेटमा उपप्रधानमन्त्री निधिले उक्त कुरा बताएका हुन् ।

मुलुकको सामाजिक एवं आर्थिक विकासकानिम्ति सरकारको ध्यानकेन्द्रित भएको जानकारी दिँदै उपप्रधानमन्त्री निधिले नेपालको विकासकानिम्ति भारतको निरन्तर सहयोगका साथै त्यसमा बढोत्तरीको पनि उत्तिकै अपरिहार्यता रहेकामा जोड दिए ।

हुलाकी सडक, अन्तरदेशीय रेलसेवा, पञ्चेश्वर बहुद्देश्यीय परियोजनाजस्ता संयुक्तरुपमा सन्चालनमा रहेका परियोजनालाई द्रुतगतिमा कार्यान्वयनका साथै सहयोगका नयाँ क्षेत्र पहिल्याउन जरुरी भएको विषयलाई विशेषदूत निधिले विशेष महत्वकासाथ उठाएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

भारतका प्रधानमन्त्री मोदीले नेपालको नयाँ सरकारका विकासका प्राथमिकतामा भारत सरकारको पूर्णसहयोग रहने आश्वस्त पार्दै बृहत् शान्ति, स्थायित्व र लोकतन्त्रको संस्थागत् विकास गर्न नयाँ सरकार सक्षम हुने विश्वास व्यक्त गरे ।

साथै उनले नेपालका प्रधानमन्त्रीको भारत भ्रमणको प्रतीक्षा गरिरहेको र दुबै मुलुकबाट राष्ट्रपतिस्तरमा शीघ्र भ्रमण आदान–प्रदान हुनेमा आफू आशावादी रहेको बताए । रासस

विज्ञप्ति