२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


कांग्रेसले कहिले र क–कसलाई बनाउँदैछ मन्त्री ? यस्तो छ देउवाको तयारी


0
Shares

                                                        फाइल फोटो
काठमाडौं, भदौ ४ । नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लाग्न अझै केही दिन लाग्ने भएको छ ।

पार्टीको भातृसंस्था नेपाल विद्यार्थी संघको महाधिवेशनमा केन्द्रित हुनुपरेकाले मन्त्री चयनमा ढिलाइ भएको बताएको कांग्रेसले अब उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि भारत भ्रमणबाट फर्किएपछिमात्र मन्त्री चयन गर्ने भएको हो ।

अहिलेपनि पार्टीभित्र कसरी मन्त्रीको भागबन्डा गर्ने भन्ने तय भइसकेको छैन ।

सभापति शेरबहादुर देउवा व्यक्तिगत् तहमा छलफल गर्दै मन्त्रीको नाम तय गर्ने ‘मुड’मा छन् ।

देउवानिकट स्रोतकाअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई बढीमा तीन, महामन्त्री शशांक कोइराला, कृष्ण सिटौला र खुमबहादुर खड्का पक्षलाई एक/एक मन्त्री दिने तयारीमा देउवाको छ ।

शेखर कोइरालालाई मन्त्री बनाएर पौडेलपक्षलाई बाँकी दुई मन्त्रीमात्र दिने रणनीतिमा देउवा पक्ष जुटेको स्रोतको दाबी छ । तर, पौडेल पक्षले भने कम्तीमा पाँच मन्त्रालयको दाबी गरेको छ ।

पाँच मन्त्रालय नपाए सरकारमै आफ्नो पक्ष सहभागी नहुने रणनीति पौडेलपक्षले बनाएको बुझिएको छ ।

कांग्रेसको भागमा परेको १३ मन्त्रालयमध्ये बाँकी ११ मन्त्रीका लागि थुप्रै आकांक्षी छन् ।

आकांक्षीहरु मध्येबाट अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, बालकृष्ण खाँण, सीतादेवी यादव, नविन्द्रराज जोशी, डा. प्रकाशशरण महत र दीपक गिरी मन्त्री बन्ने सम्भावना बलियो रहेको बताइएको छ ।