
पाल्पा, भदौ ४ । असारे रोपाइँको झल्को दिने गरी शनिबार पाल्पामा रोपाइँजात्रा निकालिएको छ ।
तानसेनका सडकहरुमा गाउँ–गाउँबाट आएका किसानहरुले रोपाइँ गरेर रोपाइजात्रा निकालेका हुन् ।
पञ्चेबाजा र असारेगीतको तालमा उनीहरुले सडकमा धान रोप्ने, हल गोरुले जोत्नेजस्ता क्रियाकलाप गरेका थिए ।
सर्वसधारण पनि उत्साहकासाथ रोपाइँजात्रामा सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्