 
	    जितेन्द्र भण्डारी (इमेज)
पाँचथर, भदौ ४ ।    आर्थिक उन्नतिका लागि सहकारीमा संगठित हुनेको संख्या बढेसँगै सहकारीको लगानीमा पनि बृद्धि भएको छ ।
मेची अञ्चलका पाँचथरसहित तीन पहाडी जिल्लामा सहकारी संस्थाहरुले डेढ अर्ब रुपैयाँभन्दा बढी रकम आफ्ना सदस्यलाई लगानी गरेका छन् ।
पाँचथर, इलाम र ताप्लेजुङमा भएका सहकारी संस्थाहरुले १ अर्ब ५२ करोड ९६ लाख रुपैयाँ ऋण लगानी गरेको डिभिजन सहकारी कार्यालय इलामले जनाएको छ ।
यस क्षेत्रका धेरैजसो सहकारीले धितो लिएर ऋण लगानी गर्ने गरेको कार्यालयका लिला बिष्टले बताए । सहकारीको लगानी धेरै भएपनि जोखिममा नरहेको दाबी कार्यालयको छ ।
पाँच सय २८ सहकारी संस्था रहेको इलाममामात्रै १ अर्ब दुई करोड ६३ लाख रुपैयाँ लगानी गरेको कार्यालयको तथ्यांक छ ।
पाँचथरमा रहेका २ सय ३८ सहकारीले ३४ करोड १० लाख रुपैयाँ लगानी गरेका छन् भने ताप्लेजुङका १ सय ६१ सहकारीले पनि १६ करोड २२ लाख रुपैयाँ लगानी गरेको जनाइएको छ ।
यी सहकारीले एक अर्ब रुपैयाँभन्दा बढी रकम बचत गरेको पनि जनाइएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्