
काठमाडौं, भदौ ५ । आइतबार शेयर बजार ओरालो लाग्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से १२ अंकले ओरालो लागेर १७२२ मा आइपुग्यो ।
होटलबाहेक कारोबार भएका अरु सबै समूह ऋणात्मक रहेसँगै नेप्से ओरालो लागेको हो । बीमा समूह सबैभन्दा उच्च ८१ अंकले झर्यो । जलविद्युत ३८ अंकले र उत्पादनमूलक समूह ३२ अंकले ओरालो लाग्यो ।
विकास बैंक, वित्त र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले झरे । होटल समूहमा भने ६४ अंकको सुधार आयो ।
यसदिन कारोबार परिमाण पनि औसत दिनका तुलनामा न्यून रह्यो । यसदिन नेपाल स्टक एक्सचेन्जमा १४२ कम्पनीको १० लाख कित्ता शेयर ६८ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्