
राजविराज, भदौ ६ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तत्काल सरकारमा जाने कुनै योजना नरहेको बताए ।
सप्तरीको राजविराजमा आज गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले सरकारमा जाने विषयमा फोरम नेपाल मात्रै नभई संघीय गठबन्धन र मधेसी मोर्चा पनि एकमत रहेको बताए ।
उनले ठूला दलहरुले मधेसीलगायत मुलुकका उत्पीडितहरुलाई पटक–पटक ठग्ने काम मात्रै गरेको भन्दै यसपटक ठोस र परिमाणमूलक उपलब्धी नभएसम्म आन्दोलन चलिरहने स्पष्ट पारे । मुलुकलाई जोगाउन संविधान संशोधनको विकल्प नरहेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्