
फाइल तस्वीर
काठमाडौं, वैशाख २ । आईसीसी अन्डर–नाईन्टीन एकदिवसीय विश्वकप क्रिकेटका लागि जारी एसिया छनोटको तेस्रो खेलमा मलेसियाले नेपालसामू ९३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
क्वालालम्पुरस्थित बायुमास ओभलमा आज बिहान नेपालले टस जितेर फिल्डिङ रोजेपछि मलेसियाले पहिले ब्याटिङ गर्दै ९२ रन बनाएको हो । मलेसियाले ३३ ओभर पाँच बलमा सबै विकेट गुमाउँदै उक्त योगफल तयार पारेको हो ।
मलेसियाका लागि इज्जात डानियल फिक्रीले सर्वाधिक ३७ रन बनाए । त्यस्तै मोहम्मद अमिरले १३ र हाकिम हरिसनले १० रन बनाए ।
नेपालका लागि बलिङतर्फ पवन शर्राफ र कुशल मल्लले तीन–तीन विकेट लिए । कमलसिंह ऐरीले दुई विकेट हात पारे भने सागर ढकालले एक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्