
काठमाडौं, भदौ ६ । सोमबार शेयरबजारमा उच्च गिरावट आयो ।
बजार परिसूचक नेप्से ४० अंक बराबरले ओरालो लागेर १६ सय ८३ मा आएर थामियो । कारोबार भएका सबै सूचक ओरालो लागे ।
बीमा समूह सबैभन्दा उच्च २ सय २१ अंकले ओरालो लाग्यो । जलविद्युत् समूह ९० अंक बराबरले र होटल समूह पनि ८३ अंकले ओरालो लाग्यो ।
विकास बैंक समूहमा ४० अंक र वाणिज्य बैंक समूहमा पनि ३२ अंकको गिरावट आयो । उत्पादनमूलक, अन्य र वित्त समूह पनि दोहोरो अंकले ओरालो लागे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४० कम्पनीको ११ लाख ९० हजार कित्ता शेयर ८६ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्