
काठमाडौं, भदौ ६ । नेपाल–श्रीलंकाबीच द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्ध विस्तारमा जोड दिइएको छ ।
नेपाल चेम्बर अफ कमर्सले नेपालका लागि नवनियुक्त श्रीलंकाकी राजदूत डब्लु एस परेरासँग चेम्बर सचिवालयमा गरेको स्वागत् तथा छलफल कार्यक्रममा उक्त जोड दिइएको हो ।
चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल र श्रीलंकाका जनता विचको धार्मिक तथा साँस्कृतिक सम्बन्धको चर्चा गर्दै महामहिम राजदूतको कार्यकालमा दुई देशबीचको व्यापार तथा लगानी अभिबृद्धिमासमेत उल्लेख्य प्रगति हुने विश्वास व्यक्त गरे ।
अध्यक्ष श्रेष्ठले नेपालबाट निर्यात् हुने वस्तुहरुको प्रवद्र्धनमासमेत राजदूतको रचनात्मक सहयोगको अपेक्षा गरिएको बताए ।
अध्यक्ष श्रेष्ठले नेपालमा पुँजी र प्रविधिको आवश्यकता रहेको बताउँदै नेपालमा श्रीलकांको पुँजी र प्रविधि भित्र्याउन पहल गर्न आग्रह गरे ।
राजदूत डब्लु एस परेराले दुई देशबीचको सम्बन्ध विस्तारमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने भन्दै नेपाल र श्रीलंकाबीचको आर्थिक, सामाजिक र साँस्कृतिक सम्बन्ध अभिबृद्धि गर्न आफू सदा तत्पर रहने बताएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्