
काठमाडौं । चौवन्दी चोलो र फरिया(साडी)लाई राष्ट्रिय पोसाकको रुपमा घोषणा गरी राज्यले राष्ट्रिय दिवस मनाउन काठमाडौंका महिलाहरुले माग गरेका छन् ।
लायन्स क्लब अफ काठमाडौं ‘टेम्पल गणेश’मा आवद्ध महिलाहरुले नयाँ बर्ष २०७६ सालको अवसर पारेर आइतबार एक समारोहको आयोजना गरी यस्तो दबाब सिर्जना गरेका हुन ।
पहिचान विना समृद्धि नहुने भएकाले दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई राष्ट्रिय पोशाक घोषणा गर्न माग उठिरहेका बेला लायन्स क्लबका महिलाहरु गतबर्ष देखि नै एकजुट हुँदै आएका हुन ।
लायन्स क्लब अफ काठमाडौं ‘टेम्पल गणेश’ले आयोजना गरेको ‘राष्ट्रिय चौवन्दी चोलो र फरिया(साडी) दिवसका अवसरमा पूर्वमन्त्री कमला पन्तले राष्ट्रिय पोसाक धरोहर भएकाले संरक्षण र सम्बद्र्धन गर्नुपर्ने बताइन । उनले प्रश्न गरिन्, ‘विश्रृखंल बन्दै गएको समाजमा सभ्य बनाउने पोशाकलाई राष्ट्रिय मान्यता दिन राज्यलाई किन अफ्ठयारो भयो ?’
प्रतिक्रिया दिनुहोस्