बसको ठक्करबाट दुईजनाको मृत्यु • Image Khabar Image Khabar


बसको ठक्करबाट दुईजनाको मृत्यु


Imagekhabar
७ भाद्र २०७३, मंगलवार १४:४९

बसको ठक्करबाट दुईजनाको मृत्यु

चितवन, भदौ ७ । चितवनको भरतपुरमा गएराति बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।

पोखराबाट वीरगन्ज जाँदै गरेको ना४ख ३६९३ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ना३६प २२६४ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासी गैँडाकोट–२ का २९ वर्षीय निराजन न्यौपाने र मोटरसाइकलको पछाडि बस्ने सोही ठाउँका ३४ वर्षीय तिलक कँडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनीहरुको भरतपुर अस्पतालमा उपचारका क्रममा आज बिहान १ बजेर ३५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भरतपुरस्थित चितवन मेडिकल कलेज अगाडि राति साढे १२ बजे दुर्घटना भएको थियो । दुवैजनाको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ भने बसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्