
फाइल तस्वीर
काठमाडौं, भदौ ७ । राष्ट्रिय अपांग कोषका कर्मचारीहरुले आफ्ना माग सम्बोधन नभए आन्दोलनलाई अझै कडा बनाउने चेतावनी दिएका छन् ।
आठ दिनदेखि लगतार धर्ना बस्दा पनि सरकारले आफ्ना मागहरुप्रति बेवस्ता गरेको भन्दै उनीहरुले अब थप कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
कोषमा कार्यरत् करार कर्मचारीहरुलाई श्रेणी तोकी स्थायी गर्नुपर्ने, निकालिएका कर्मचारीहरुलाई पुर्नबहाली गर्नुपर्ने, कोषमा भएको भ्रष्टाचारको छानबिन गर्नुपर्नेलगायतका माग राखेर कोषमा आन्दोलन भइरहेको छ ।
कर्मचारीहरुले भृकुटीमन्डपस्थित कोषको कार्यालयमा तालबन्दीसमेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्