२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


बागलुङको गलकोटमा भिषण बाढी, स्थानीयबासी त्रसित


0
Shares

डम्मर बुढा मगर

बागलुङ, वैशाख १ । बागलुङको गलकोटमा आइतबार भिषण वर्षा भएको छ । वर्षासँगै आएको बाढीले गौधिखोला आसपासका क्षेत्र जोखिममा परेका छन् । वर्षाका कारण गलकोट नगरपालिका वडा नम्बर ३ र ६ जोड्ने गौधिखोलाको मोटरेबलमा क्षति पुर्‍याएको छ । 

बाढीले गलकोट हटिया बजारमासमेत क्षति पुर्‍याउन सक्ने सम्भावना बढेको स्थानीयको भनाइ छ । गलकोट नगरपालिका वडा नम्बर २ मा पर्ने पुष्पलाल मध्यपहाडी लोकमार्गमा रहेको पक्की पुलको सतहसम्म बाढी आएको बताइएको छ ।