तामाको अचार खाँदा दिदी–भाइको मृत्यु • Image Khabar Image Khabar


तामाको अचार खाँदा दिदी–भाइको मृत्यु


Imagekhabar
८ भाद्र २०७३, बुधबार ०२:००

तामाको अचार खाँदा दिदी–भाइको मृत्यु

जितेन्द्र भण्डारी (इमेज)
पाँचथर, भदौ ७ । बाँसको तामाको अचार खाँदा पाँचथरमा एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँचथर नागीन–३ की दुर्गा राईका ८ वर्षीया छोरी सरिता र ७ वर्षीय छोरा सन्तोष राई छन् ।

उनीहरुले घरमा बनाएर राखेको भालु बाँसको तामाको अचार खाएको र अचार खाएको केहीबेरमै उनीहरु दुबै बिरामी परेका थिए ।

उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचारकाक्रममा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

उनीहरुको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्