सात वर्षपछि ऐतिहासिक मल्लकालीन महाकाली नाच प्रदर्शन • Image Khabar Image Khabar


सात वर्षपछि ऐतिहासिक मल्लकालीन महाकाली नाच प्रदर्शन


Imagekhabar
८ भाद्र २०७३, बुधबार ०२:२४

सात वर्षपछि ऐतिहासिक मल्लकालीन महाकाली नाच प्रदर्शन

भक्तपुर, भदौ ७ । भक्तपुरको मध्यपुर नगरपालिका थिमिमा सात वर्षपछि ऐतिहासिक मल्लकालीन महाकाली नाच प्रदर्शन गरिएको छ ।

पहिले–प्रत्येक वर्ष नाच प्रदर्शन गर्ने चलन भएपनि आर्थिक अभावका कारण केही वर्षयता प्रत्येक वर्ष नाच प्रदर्शन गर्न नसकेको स्थानीयले बताएका छन् ।

गाईजात्राको भोलिपल्टदेखि चार दिनसम्म ठिमीको नगदेशका विभिन्न टोलमा बेलुकीमात्र यो नाच प्रदर्शन गर्ने गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्