
काठमाडौं, भदौ ८ । नेकपा एमालेले पार्टीका प्रदेश संगठन कमिटीका संयोजक र सह–संयोजकको जिम्मेवारी तोकेको छ ।
एमाले स्थायी समितिको बैठकले प्रदेश नम्बर १ को संयोजक भीम आचार्य तथा सह–संयोजकमा शेरधन राई, प्रदेश नम्बर २ को संयोजकमा सत्यनारायण मण्डल तथा सहसंयोजकमा नागेन्द्र चौधरी र प्रदेश नम्बर ३ को संयोजकमा अष्टलक्ष्मी शाक्य तथा सहसंयोजकमा काशीनाथ अधिकारीलाई तोक्ने निर्णय गरेको हो ।
यस्तै प्रदेश नम्बर ४ को संयोजकमा किरण गुरुङ तथा सहसंयोजक गणेश तिमिल्सिना, प्रदेश नम्बर ५ को संयोजकमा विष्णुप्रसाद पौडेल तथा सहसंयोजकमा दलबहादुर राना रहेका छन् । प्रदेश नम्बर ६ को संयोजकमा युवराज ज्ञवाली तथा सहसंयोजकमा यामलाल कँडेलले जिम्मेवारी पाएका छन् भने प्रदेश नम्बर ७ को संयोजकमा भीमबहादुर रावल र सहसंयोजक कर्णबहादुर थापा चयन भएको एमालेले जनाएको छ ।
बैठकले जिल्ला अधिवेशनबाट निर्वाचित निवर्तमान अध्यक्षलाई प्रदेश संगठन कमिटीको सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्