स्थानीयको सामूहिक प्रयासमा सफा हुँदैछ गाउँघर (भिडियो) • Image Khabar Image Khabar


स्थानीयको सामूहिक प्रयासमा सफा हुँदैछ गाउँघर (भिडियो)


Imagekhabar
८ भाद्र २०७३, बुधबार १७:४९

स्थानीयको सामूहिक प्रयासमा सफा हुँदैछ गाउँघर (भिडियो)

कविराज घिमिरे
धनकुटा, भदौ ८ । फोहोरमैला ब्यवस्थापन सबै क्षेत्रमा चुनौतीपूर्ण बन्दै गएको छ । फोहोर ब्यवस्थापन गर्न नसक्दा गाउँदेखि शहरसम्म प्रदूषण बढ्दो छ । तर धनकुटाका गाउँदेखि शहर बजारसम्म फोहोर ब्यवस्थापनका लागि गरिएको सामुहिक प्रयास उदहारणीय बन्दै छ ।

दुई बर्ष अघिसम्म जताततै फोहोर र दुर्गन्धित रहेको धनकुटा नगरपालिका वडा नम्वर ८ स्थित टोड्के गाउँ यतिबेला निकै सफा छ । यहाँका स्थानीयमा फोहर गर्नुहुन्न, त्यसले आफैंलाई हानी हुन्छ भन्ने कुराको चेतना भएको छ । जसले गर्दा अहिले घरमात्र हैन बजार क्षेत्रमा फोहोर, बिस्कुट, चाउचाउ–चकलेटका खोल तथा प्लास्टिक समेत फालिएको देख्न मुस्किल छ ।

यहाँका ३० घर परिवारमध्ये अधिकाशं दलित बस्ती रहेको छ । गाउँमा नागरिक सचेतना केन्द्रमार्फत फोहोर ब्यबस्थापन गर्नुपर्छ भन्ने कुरा थाहा पाई आफ्नै प्रयासमा फोहोर ब्यवस्थापन कार्य सुरु गरिएको तथा फोहोर ब्यबस्थापनपछि सरसफाईसँगै बालबालिकामा लाग्ने विभिन्न रोगमा कमी आएको स्थानीय बताउँछन् ।

टोड्के गाउँजस्तै धनकुटाका अधिकांश गाँउमा यतिबेला स्थानीय आफैं सरसफाईमा जुट्ने गरेका छन् । धनकुटाको बसपार्क क्षेत्र, भेडेटार, नाम्जे तथा जिल्लाका विभिन्न बाल क्लव समेत सरसफाइमा साप्ताहिक रुपमा जुट्ने गरेका छन् ।

यता सरसफाईको क्षेत्रमा काम गर्दै आएको क्षेत्रीय अनुगमन तथा सु–परिवेक्षण कार्यालय धनकुटाले भने खुल्ला दिशामुक्त घोषणा गरिसकेपछि अहिले भने सन् २०२० सम्ममा पुर्ण सरसफाई जिल्लाको रुपमा घोषणा गर्ने लक्ष्य लिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्