६ महिनादेखि तलब नपाएपछि नेसनल ट्रेडिङका कर्मचारी आन्दोलित • Image Khabar Image Khabar


६ महिनादेखि तलब नपाएपछि नेसनल ट्रेडिङका कर्मचारी आन्दोलित


Imagekhabar
८ भाद्र २०७३, बुधबार २३:३०

६ महिनादेखि तलब नपाएपछि नेसनल ट्रेडिङका कर्मचारी आन्दोलित

काठमाडौं, भदौ ८ । नेसनल ट्रेडिङ लिमिटेड टेकुका कर्मचारी ६ महिनादेखि तलब नपाएपछि आन्दोलनमा उत्रेका छन् ।

सरकारले काममामात्र लगाउने तर ६ महिनासम्मको तलब नदिने गरेकाले लिमिटेडका २९० कर्मचारी आन्दोलनमा उत्रेका हुन् ।

उनीहरुले तलब समयमै दिनुपर्ने, सञ्चयकोष र नागरिक लगानीकोषको पैसा समयमै पठाउनुपर्ने, अवकाशप्राप्त कर्मचारीलाई उपदानको व्यवस्था गर्नुपर्ने, बिमा रकम पठाउनुपर्नेलगायतका माग राखेका छन् ।

संघर्ष समितिका संयोजक राजु रानाभाटले ६ महिनादेखि तलब नदिएपछि बाध्य भएर संघर्षमा उत्रनुपरेको बताए ।

उनले भने–‘हाम्रो माग सम्बोधन नभएसम्म हामी आन्दोलन जारी राख्छौं ।’

आन्दोलनरत् कर्मचारीले तलब नदिएको भन्दै मंगलबार महाप्रबन्धकको कार्यकक्षसमेत घेराउ गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्