काठमाडौं, भदौ ८ । भारतले नेपाललाई अनुदानस्वरुप १७ ओटा दमकल प्रदान गरेको छ ।
बुधबार राष्ट्रिय सभागृहमा भारतीय राजदूत रणजित रायले संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेलाई दमकलको साँचो हस्तान्तरण गरेका हुन् ।
साथै, मन्त्री पाण्डेले प्राप्त १७ ओटा दमकलमध्ये एउटा दमकल काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरे ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बाँकी दमकल प्राथमिकताका आधारमा अन्य जिल्लामा पठाउने जनाएको छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्