कन्चनपुरमा बजार अनुगमन सुरु • Image Khabar Image Khabar


कन्चनपुरमा बजार अनुगमन सुरु


Imagekhabar
९ भाद्र २०७३, बिहीबार ०२:२१

कन्चनपुरमा बजार अनुगमन सुरु

कन्चनपुर, भदौ ८ । चाडपर्व नजिकिएसँगै कन्चनपुरमा बजार अनुगमन सुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालय कन्चनपुरको अगुवाइमा खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र उपभोक्ता मञ्चले बुधबार संयुक्तरुपमा एकदर्जन बढी किराना पसलमा अनुगनम गरेको हो ।

अनुगमनकाक्रममा पसलहरुमा मिति नाघेका अखाद्य पदार्थ, बिस्कुट, नमकिन, चिप्स, पेयपदार्थ, सुजी, र खानेतेलसमेत फेलापरेको छ भने अधिकांश पसलहरुमा मूल्यसूची नभएको र मूल्यसूची भएकाले पनि बेवारिसे अवस्थामा राखेको भेटिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्