३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


खोलौं बैंक खाता अभियान सुरु गर्दै प्रधानमन्त्रीले भने– आगामी आर्थिक वर्षमा वृद्धभत्ता बढ्छ


0
Shares

काठमाडौं, वैशाख १ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षमा नै सरकारले वृद्धभत्ताको रकम बढाउन लागेको बताएका छन् ।

ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा र खोलौं बैंक खाता अभियानको आज काठमाडौंमा शुभारम्भ गर्दै उनले बजेटको पूर्व तयारी चलिरहेको र आउँदो आर्थिक वर्षको बजेटमा जुनसुकै अवस्थामा पनि वृद्धभत्ता बढ्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले अब भिख माग्नेहरु नरहने दोहोर्‍याउँदै यसका लागि १ करोडको अक्षय कोष स्थापना गरेको र मासिक २ हजार रुपैयाँ दिइने बताए । उनले नयाँ वर्षको पहिलो दिनबाट सुरु भएको बैंक खाता अभियानले बैंक खाता नहुने नेपाली नै नरहने दाबी गरे ।

प्रधानमन्त्री ओलीले प्रत्येक नागरिकको बैंक खाता भएपछि ज्येष्ठ नागरिकको पनि स्वास्थ्य बिमा गर्न सरकारले सहयोग गर्ने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षाको कार्यक्रम ल्याउँदा कनिका छर्ने काममात्रै भएको भनिए पनि त्यसलाई सफल बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा अर्थमन्त्री डा.युवराज खतिवडाले ६० वर्ष भन्दा माथिका सबैलाई स्वास्थ्य विमामा समेटिने बताए ।

उनले १ सय रुपैयाँ बैंकले नै खातामा राखिदिने भएकोले वृद्धवृद्धाहरुले आफुबाट १ सय थप गरेर पनि बैंक खाता खोल्न सकिने भन्दै सबै स्थानीय तहलाई बैंकको विस्तारमा सहयोग पुर्‍याउन आग्रह गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीका बाबु मोहनप्रसाद ओली र श्रीमती राधिका शाक्यकी आमा धनमाया शाक्यको बैंक खाता खोलिएको छ । यस्तै स्वास्थ बिमा तर्फ ५५ जनाको स्वास्थ बिमा गराइएको छ ।

बालुवाटारकी १ सय वर्षीया जमुना गुरुङको पहिलो स्वास्थ बिमा गराइएको हो ।