२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी, प्रतिस्पर्धा गर्ने ३२ टोली छानिए


0
Shares

काठमाडौं, भदौ ९ । इङ्लिस क्लब म्यान्चेस्टर सिटी युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको समुह चरणका लागि छनोट भएको छ ।

गएराति भएको खेलमा रोमानियाको स्टावा बुकारेष्टलाई १–० ले हराउँदै म्यान्चेस्टर सिटीले युरोपकै प्रतिष्ठित क्लब फुटबल प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेको हो । पहिलो लेगको खेल ५–० ले जितेको म्यान सिटीले गएरातिको जितपछि समग्रमा खेल ६–० ले आफ्नो पक्षमा पारेको हो ।

गएराति भएका अन्य खेलहरुमा विजयी हुँदै जर्मनीको बोरुसिया एम्ब्याच, रुसको एफ.सी. रोस्तोभ, क्रोएसियाको डाईनामो जाग्रेब र डेनमार्कको एफ.सी कोपनहेगन पनि समुह चरणमा पुगेका छन् ।

गएरातिका अन्तिम छनोट खेलसँगै च्याम्पियन्स लिग फुटबलमा प्रतिस्पर्धा गर्ने सबै ३२ टोलीको टुंगो लागेको छ । प्रतियोगिताको समुह विभाजन र खेल तालिका आज सार्वजनिक गरिँदैछ ।