२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


पौडेललाई धेरै भाउ नदिने पक्षमा देउवा, आफ्नै ढंगले मन्त्री पठाउँदै


0
Shares

काठमाडौं, भदौ ९ । नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम आज टुंगो लगाउने भएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम नपठाएपछि सभापति शेरबहादुर देउवाले आफ्नै ढंगले नाम चयन गरी सरकारमा पठाउने तयारी गरेका छन् ।

सभापति देउवा शुक्रबार उपचारका लागि सिंगापुर जाने भएकाले आजै मन्त्रीको सपथ गराउने बताइएको छ ।

कांग्रेसको भागमा १३ वटा मन्त्रालय परेकोमा वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्तिमा पाँच मन्त्रालयमा आफूले सिफारिस गरेकाहरुलाई राख्नुपर्ने अडान लिएपछि सभापति देउवा अप्ठ्यारोमा परेका छन् । उनले पौडेललाई चार जना मन्त्रीको नाम सिफारिस गर्न आग्रह गरेका छन् । तर, पौडेलले आफ्नो पक्षबाट पाँच जनालाई मन्त्री नबनाउने भए एकलौटी ढंगले अघि बढ्न सभापति देउवालाई चुनौती दिएका छन् ।

सभापति देउवाले पनि आजसम्म पौडेलले नाम नदिए एकल निर्णय गरेरै भए पनि मन्त्रीहरुलाई सपथ गराउने तयारी शुरु गरेको बताइएको छ ।