१२ चैत्र २०७९, आइतबार | Sun Mar 26 2023


सुरु भयो सबै नेपालीको बैंक खाता अभियान, प्रधानमन्त्रीका बुबा र सासूले खोले खाता


0
Shares

काठमाडौं । नयाँ बर्ष २०७६ को अवसर पारेर सरकारले सबै नेपालीको बैंक खाता अभियान आजबाट सुरु गरेको छ ।

सबै नेपालीको बैंक खाता अभियानको सुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्  ।

चालु बर्षको बजेटमा उल्लेख भएको कार्यक्रमलाई कार्यन्वयन गर्न प्रधानमन्त्रीले सबै नेपालीको बैंक खाता योजना सुरुवात गरेका हुन् ।

यस अभियान सञ्चालनका लागि अर्थमन्त्रालय, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुले सहकार्य गरेका छन्।

अभियानमा खाता नहुनेहरुलाई समेट्न राष्ट्र बैंकले सहुलियत दिएको छ ।

केन्द्रीय बैंकले संस्थागत सामाजिक सुरक्षामा छुट्याइएको बजेट यो योजनामा लगाउने पाउने सहुलियत दिएको हो । जसले गर्दा नयाँ खाता खोल्नेले सुरुमै खातामा १०० रुपैयाँ पाउने छन् ।

कृषि विकास बैंक, बैंक अफ काठमाडौं, सेन्चुरी, सिटिजन्स, सिभिल, एभरेष्ट, ग्लोबल आईएमई, हिमालयन, जनता, कुमारी, लक्ष्मी, माछापुच्छ्रे, मेगालगायतका बैंकका शाखामा निःशुल्क खाता खोल्न सकिन्छ ।

उक्त अभियानमा प्रधानमन्त्री  ओलीका बुवा मोहन प्रसाद ओली र सासू (राधिका शाक्यकी आमा) धनमाया शाक्यले ‘खोलौं बैंक खाता’ अभियानमा सहभागी भएका छन् ।

ओली र शाक्य दुवैले राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेका हुन् ।