
काठमाडौं, भदौ ९ । ब्वाइज युनियन क्लबले राजधानीमा जारी सहिद स्मारक रेडबुल ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
सशस्त्र प्रहरी मुख्यालयको खेल मैदान हलचोकमा विहीबार भएको खेलमा ब्याइज युनियनले सामाजिक युवा क्लबलाई ३–१ ले हरायो ।
खेलमा ब्वाइज युनियलाई विजयी गराउन अभिषेक रिजाल, जय राई र मनीष थापाले एक–एक गोल गरे ।
पराजित टोली सामाजिकका लागि भुवन बस्नेतले एक सान्त्वना गोल फर्काए ।
जारी लिगमा पहिलो जितसँगै ब्वाइज युनियनले अंक तालिकामा तीन अंक जोडेको छ ।
यसअघि पहिलो खेलमा ब्वाइज युनियनलाई सातदोवाटो फुटबल क्लबले ३–० ले हराएको थियो ।
हारसँगै सामाजिक युवा क्लब भने अंकविहीन बनेको छ । पहिलो खेलमा सामाजिकलाई न्यूरोड टिम (एनआरटी)ले ६–१ ले हराएको थियो ।
प्रतिक्रिया दिनुहोस्