इलाम, भदौ ९ । इलाम सदरमुकाम इलाममा विहीबार रोपाइँजात्रा मनाइएको छ ।
पहाडी बेसीहरुमा रोपाइँ सकिएपछि थकान मेट्ने र मनोरन्जनकारुपमा यो जात्रा मनाइँदै आएको छ ।
नेपाली भेषभूषामा सजिएर सयौंको संख्यामा रहेका रोपाहरहरुले लाम लागेर हातमा धानको बीउ लिँदै सडकमा धान रोपेको अभिनय गरेका थिए ।
त्यस्तै, बाउसे र हली पनि असारे भाकासँगै कामको अभिनयमा व्यस्त देखिन्थे ।
रोपाइँजात्रा हेर्नका लागि गाउँ–गाउँबाट आएका केटाकेटीदेखि बुढापाकाहरुको उत्तिकै घुइँचो लागेको थियो ।
श्रीकृष्णजन्माष्टमी र सदरमुकाममा लाग्ने बिहीबारे हाटले जात्रालाई अझै रौनकता थपेको थियो ।
वि.सं. १९७२ मा गजराजसिंह थापाले इलाममा सुरु गरेको रोपाइँजात्रा नेवार समुदायले मनाउने परम्परा भएपनि पछिल्लो समयमा विभिन्न संघ–संस्थाहरुलेसमेत आयोजना गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्