
सर्लाही । सर्लाहीको नवलपुरमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् ।
काठमाडौंबाट सुनसरी जाँदै गरेको बा. २ ख १३१८ नम्बरको बस सर्लाहीको नवलपुरमा पल्टिँदा श्रीकान्त चौधरी, बबली उराँउ र अनिल उराँउको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते तीन जनालाई उपचारका लागि विराटनगर लगिएको छ भने अन्यको स्थानीय अस्पतालमै उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्