काठमाडौं, भदौ १० । १९ साउनमा प्रधानमन्त्री चयन भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २० साउनमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरे ।
सोही दिन उनले दुई उपप्रधानमन्त्री तथा तीन मन्त्रीलाई पनि पद तथा गोपनियताको सपथ गराए । दाहालको दुई दिन बधाइ लिने तथा भेटघाट र छलफलमा बित्यो ।
त्यसपछि भने प्रधानमन्त्री दाहालले दिनहुँ विभिन्न निकायमा निर्देशन दिने काम निरन्तर जारी राखेका छन् ।
उनले कहिले बैठक गरेर त कहिले सार्वजनिक ठाउँबाट र कहिले एउटा त कहिले दुईभन्दा बढी निर्देशन दिने गरेका छन् ।
प्रधानमन्त्रीको सपथ लिएको तेस्रो दिन २३ साउनमा दाहालले नेपाल सरकारका सचिवहरुलाई तीन दिनभित्र परिणामुखी योजना पेश गर्न निर्देशन दिए ।
दाहाल प्रधानमन्त्री हुनेबित्तिकै नेपाल टेलिकमको रिचार्जमा समस्या देखिएको थियो । प्रधानमन्त्री दाहालले २३ साउनमा सचिवहरुसँगको बैठकमा टेलिकमको समस्या समाधान गर्नसमेत निर्देशन दिएका थिए । –राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्