उदयपुरका ग्रामिण सडक एकवर्ष मै जीर्ण • Image Khabar Image Khabar


उदयपुरका ग्रामिण सडक एकवर्ष मै जीर्ण


Imagekhabar
१० भाद्र २०७३, शुक्रबार १६:४६

उदयपुरका ग्रामिण सडक एकवर्ष मै जीर्ण

उदयपुर, भदौ १० । उदयपुरको पूर्व–पश्चिम भूभाग जोड्ने आन्तरिक सडक मर्मत नगरिँदा जीर्ण बनेको छ ।

पूर्वी सीमा मैनामैनीदेखि पश्चिमी सीमा कटारी जोड्ने १०४ मध्ये ८७ किलोमिटर सडक जिल्ला विकास समिति र सडक विभागको उदासिनताका कारण जीर्ण बनेको हो ।

२०६० सालदेखि जिल्लाका पूर्व–पश्चिमका महत्वपूर्ण व्यापारिक केन्द्र रामपुर, बेल्टार, गाईघाट, मुर्कुची, नेपालटार र कटारी जोड्ने सडक निर्माणका लागि जिल्ला विकास समितिको ग्रामीण पहुँच सुधार तथा विकेन्द्रीकरण परियोजनाअन्तर्गत ५ मिटर चौडा सडकको ८७ किलोमिटर ओटासिल गर्ने कार्य सम्पन्न भएको थियो ।

सम्बन्धित पक्षले सडक मर्मत सम्भारमा ध्यान नदिंदा पहिरो जाने, नाली पुरिने र सडक क्षमताभन्दा बढी भारका मालबाहक ढुवानी साधनमा प्रतिबन्ध नलगाउँदा एकै वर्षमा सडक जीर्ण बनेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्