२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


लुक्लामा विमान र हेलिकोप्टर ठोक्किए, दुई जनाको मृत्यु


0
Shares

काठमाडौं । सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको विमान र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा दुईको मृत्यु भएको छ ।

लुक्लाबाट रामेछापको मन्थलीमा कार्गो उडान भर्न लागेको समिट एयरको विमान विमानस्थलमै रहेको मनाङ एयरको हेलिकोप्टरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

विमान र हेलिकोप्टर ठोक्किँदा रनवे मै रहेका नेपाल प्रहरीका एक जना सहायक निरीक्षक र एक प्रहरी जवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका हेलिकोप्टरका पाइलट, विमानका को–पाइलट र परिचालिकालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

बिहान ९ बजेर ७ मिनेटमा विमान उड्ने क्रममा रनवेमा चिप्लिँदा हेलिकोप्टरमा ठोक्किँदा दुर्घटना भएको हो ।

विमान र हेलिकोप्टर ठोक्किँदा लागेको आगो भने नियन्त्रणमा लिइएको छ ।

दुर्घटनामा परेको विमान लेट एअरक्राफ्ट हो । चेक गणतन्त्रमा बनेको एल ४०१ टर्बोलेट विमान डोर्नियरसँग मिल्दोजुल्दो मानिन्छ । छोटो दूरीको उडान भर्न यस्ता विमानको प्रयोग हुने गरेको छ ।

(तस्विरः पत्रकार ज्ञानेन्द्र खड्काको फेसबुकबाट)