
काठमाडौं, भदौ १० । नवनियुक्त श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले मन्त्रालयलाई मर्यादित र व्यवस्थित बनाउनका लागि आफूले सक्दो पहल गर्ने बताएका छन् ।
मन्त्रालयमा पद बहालीपछि आयोजित कार्यक्रममा मन्त्री गुरुङले इमान्दारीतापूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिँदै त्यसमा आफ्नो सहयोग हुने प्रस्ट पारे ।
वैदेशिक रोजगारको क्षेत्रमा निःशुल्क टिकट र प्रवेशाज्ञाको विषय विवादमा रहेको आफूले पनि जानकारी पाएको भन्दै उनले यसबारे आफूले अध्ययन गरेरमात्रै निर्णय गर्ने बताए ।
देशभित्रै रोजगारी सिर्जना गर्न तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने कार्य आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ ।
ताप्लेजुङबाट समानुपातिकमा सांसद भएका गुरुङ यसअघि वि.सं. २०६९ मा बाबुराम भट्टराई नेतृत्वको सरकारमासमेत सामान्य प्रशासनमन्त्री र संघीय मामिला तथा स्थानीय विकासमन्त्रीकोरुपमा काम गरिसकेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्