२५ कार्तिक २०८१, आइतबार | Sun Nov 10 2024


राष्ट्रिय प्रदुषण नियन्त्रण रणनीति बन्दै


0
Shares

काठमाडौं, भदौ १० । वातावरण प्रदुषण नियन्त्रणसम्बन्धी ऐन–कानुन निर्माण गर्ने उद्देश्यले वातावरण विभागले राष्ट्रिय प्रदुषण नियन्त्रण रणनीति तथा कार्ययोजना बनाउन सुरु गरेको छ ।

यसैको तयारीस्वरुप शुक्रबार विभागले राजधानीमा एउटा कार्यशाला आयोजना गर्‍यो ।

कार्यशालामा विभागका महानिर्देशक गणेशकुमार श्रेष्ठले आगामी १५ वर्षलाई ध्यानमा राखेर वातावरण प्रदुषण नियन्त्रणसम्बन्धी कार्ययोजना तयार गर्न लागिएको बताए ।

सो अवसरमा विभागले तयार गरेको प्रारम्भिक प्रतिवेदनमाथि छलफल गरिएको थियो ।

कार्यक्रमका सहभागीहरुले वातावरण प्रदुषण नियन्त्रणसम्बन्धी कानुनको अभावमा वातावरण प्रदुषणलाई नियन्त्रण गर्न नसकिएको गुनासो गरेका थिए ।