२ जेष्ठ २०८२, शुक्रबार | Sat May 17 2025


डेढ वर्ष जेलजीवन बिताएका सहकारीमन्त्री थानीको यस्तो छ राजनीतिक यात्रा


0
Shares

काठमाडौं, भदौ १० । नवनियुक्त गरिबी निवारण तथा सहकारीमन्त्री हृदयराम थानीले सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदबहाली गरेका छन् ।

पदबहालीकोक्रममा राष्ट्रसेवक कर्मचारीलाई उनले सहकारीको अवधारणाअनुसार जनताको सेवालाई लक्ष्यमा राखेर सोहीअनुसार गाउँ–गाउँमा पुर्‍याउन निर्देशन दिए ।

वि.सं. २०१७ जेठ २६ गते सुर्खेतमा जन्मिएका मन्त्री थानी वि.सं. २०३५ मा विद्यार्थी राजनीतिमा प्रवेश गरेका थिए ।

उनले पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसबाट सिभिल विषयमा प्रमाणपत्र पूरा गरी ओभरसियर तथा शंकरदेव क्याम्पसबाट वाणिज्यशास्त्रमा स्नातक पूरा गरेका छन् ।

उनी वि.सं. २०४३ देखि ०४८ सम्म नेवि संघको उपाध्यक्षको जिम्मेवारीमा रहेका थिए । उनी वि.सं. २०४२ को सत्याग्रहमा भद्रगोलमा जेलमा परेका थिए ।

पटक–पटक गरी करिब डेढ वर्ष जेलजीवन बिताएका थानी वि.सं. २०५६ को प्रतिनिधिसभा निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए ।

उनले प्रतिनिभिसभाअन्तर्गत् राज्यव्यवस्था समितिको सभापतिको जिम्मेवारी पूरा गरेका थिए भने वि.सं. २०७० मा भएको संविधानसभाको निर्वाचनमा सोही स्थानबाट निर्वाचित भएका थिए । रासस