
काठमाडौं, भदौ ११ । हरितालिका तीजको अवसर पारेर स्रष्टालाई सम्मान गरिएको छ ।
लिस्नर्स क्लबले शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी स्रष्टा सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा वरिष्ठ सन्चारकर्मी कृष्णा ताम्राकार, वरिष्ठ साहित्यकार बालिका गिरी, गायिका सुजाता बर्मा, सन्चारकर्मी मीना तिवारी छन् ।
राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदा तिमिल्सिनाले स्रष्टाहरुलाई सम्मान गरेकी थिइन् ।
कार्यक्रममा बोल्दै आयुक्त तिमिल्सिनाले सूचनाको हकका लागि नागरिक आफैं जागरुक हुनुपर्ने बताइन् ।
प्रतिक्रिया दिनुहोस्