
इलाम, भदौ १२ । इलामका उत्तरी लेकाली क्षेत्रका घरहरुमा बेगुनियाँ जातको फूलले गाउँकै सौन्दर्य बढाएको छ ।
विभिन्न रंङका मनै लोभ्याउने यी फूल फुलेको हेर्न स्थानीयदेखि पर्यटकसम्म पुग्ने गर्दछन् । जिल्लाका उत्तरी माइपोखरी, सुम्बेक, माबु, जमुना, नयाँबजार, साँखेजुङ्ग, पशुपतिनगर, गोर्खे, जोगमाइलगायतका क्षेत्रमा घरघरमै यो फूल फुल्ने मूख्य समय अहिले हो ।
यता उत्तरी पर्यटकीयस्थल माइपोखरी क्षेत्रमा भने स्थानीयले घरको सुन्दरता र सजावटकै लागि बेगुनियाँ रोप्ने गर्छन् ।
विशेषगरी चिसो ठाउँमा हुने यो फूल फूलेका बेला पर्यटकहरु फूलसँग फोटो खिच्नकै लागि पुग्ने गरेको माइपोखरीका स्थानीय बताउँछन् ।
यस क्षेत्रमा आउने धेरैले किन्न खोजेपनि घरको शोभा जाने भन्दै स्थानीयले फूल बिक्री गर्दैनन् ।
प्रतिक्रिया दिनुहोस्