अन्तर्राष्ट्रिय कानून आकर्षित गरेर अपराधीलाई कारबाही गर्नुपर्छ : अध्यक्ष शर्मा • Image Khabar Image Khabar


अन्तर्राष्ट्रिय कानून आकर्षित गरेर अपराधीलाई कारबाही गर्नुपर्छ : अध्यक्ष शर्मा


Imagekhabar
१२ भाद्र २०७३, आईतवार २०:३६

अन्तर्राष्ट्रिय कानून आकर्षित गरेर अपराधीलाई कारबाही गर्नुपर्छ : अध्यक्ष शर्मा

काठमाडौं, भदौ १२ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानव बेचबिखनविरुद्ध अन्तर्राष्ट्रिय कानून आकर्षित गरेर भए पनि अपराधीलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

मानव बेचबिखनविरुद्ध राजधानीमा गरिएको कार्यक्रममा अध्यक्ष शर्माले राष्ट्रिय मानवअधिकार आयोगले छुट्टै शाखा बनाएर यसबारेमा काम गरिरहेको बताए ।

मानव बेचबिखन गम्भीर अपराध भएको भन्दै उनले अरु राष्ट्रसँग मिलेर यसको नियन्त्रणमा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ, सांसद सञ्जय गौतमलगायतले मानव बेचबिखनविरुद्धको अभियानलाई अझ सशक्त बनाईनुपर्नेमा जोड दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्