२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


खुर्सानी खेतीबाटै वार्षिक तीन लाख रुपैयाँसम्म आम्दानी


0
Shares

धनकुटा, भदौ १२ । धनकुटाको बुढीमोरङ्ग गाविसका अधिकांश कृषक खुर्सानी खेतीमा आकर्षित भएका छन् ।

बुढीमोरङ्गका ८ सय ७४ परिवार मध्ये ५० प्रतिशतभन्दा बढी परिवार ब्यवसायिक खुर्सानी खेतीमा लागेका हुन् । जिल्लामा बार्षिक उत्पादन हुने एक हजार ८१ मेट्रिक टन खुर्सानीमध्ये २२ प्रतिशत अर्थात दुई सय ३८ मेट्रिक टन खुर्सानी बुढीमोरङ्गबाट मात्रै उत्पादन हुँदै आएको जिल्ला कृषि विकास कार्यलय धनकुटाले जनाएको छ ।

सो क्षेत्रका कृषकले खुर्सानीबाट मात्रै प्रतिपरिवार बार्षिक ६० हजारदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।

बुढीमोरङ्गसहित धनकुटा र पाख्रिवास नगरपालिका तथा खोकु, छिन्ताङ्ग, आँखिसल्ला, राजारानीलगायत १७ गाविसमा खुर्सानी खेती हुने गरेको छ ।

धनकुटामा हाल अकबरे, बायो मार्सल, आकाश जातसहित स्थानीय जातका खुर्सानीको खेती हुने गरेको छ ।