अपडेट : अर्घाखाँची, भदौ १२ । अर्घाखांँचीको हंसपुर गाउँं विकास समितिमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।
अर्घाखांँची सदरमुकाम सन्धिखर्कबाट प्युठानको बाँधिकोट जाँदै गरेको ग१ज ४८७८ नम्बरको जीप हंशपुर–५ रतनमारेस्थित पोषपाटामा दुर्घटना हुँदा नौ जनाको घटनास्थलमै र दुई जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ ।
दुर्घटनामा पाँचजना घाइते भएको र उनीहरु मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुने मध्ये जीप धनी नारायण रानाको मात्र सनाखत भएको छ । जीप चालक भने घाइते भएका छन् ।
अप्ठेरो र उकालो बाटोमा क्षमताभन्दा बढी यात्रु राख्दा अनियन्त्रित भएर जीप दुर्घटना भएको प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।
भौगोलिक विकटताका कारण उद्धारमा समेत कठिनाई भएको प्रहरीले जनाएको छ । जीप सडकबाट करीव ६ सय मिटर तल खसेको छ । जीपमा १६ जना सवार थिए ।
यसअघिको समाचार :
अर्घाखांँची, भदौ १२ । अर्घाखांँचीको हंसपुर गाउँं विकास समितिमा आइतबार दिउँंसो जीप दुर्घटना हुँदा दश जनाको मृत्यु भएको छ ।
अर्घाखांँची सदरमुकाम सन्धिखर्कबाट प्युठानको बाँधिकोट जाँदै गरेको ग१ज ४८७८ नम्बरको जीप हंशपुर–५ रतनमारेस्थित पोषपाटा भन्ने ठाउँमा दुर्घटना भएको हो ।
दुर्घटनामा ६ जना घाइते भएका छन् । घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ ।
घाइतेहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भईरहेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा गाडी धनी नारायण रानाकोमात्र सनाखत भएको छ । जीप चालक भने घाइते भएका छन् ।
अप्ठेरो र उकालो बाटोमा क्षमताभन्दा बढी यात्रु राख्दा अनियन्त्रित भएर जीप दुर्घटना भएको प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।
भौगोलिक विकटताको कारण उद्धारमा समेत कठिनाई भएको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जीपमा १६ जना सवार थिए ।
अघिल्लो समाचार..
अर्घाखाँची, भदौ १२ । अर्घाखांँचीको हंसपुर गाउँ विकास समितिमा आज दिउँसो जीप दुर्घटना हुँदा नौ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
अर्घाखांँची सदरमुकाम सन्धिखर्कबाट प्युठानको बाँधिकोट जाँदै गरेको ग१ज ४८७८ नम्बरको जीप हंशपुर–५ रतनमारेस्थित पोषपाटा भन्ने ठाउँमा दुर्घटनामा भएको हो ।
दुर्घटनामा ६ जना घाइते भएको र उनीहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक श्याम श्रीषले जानकारी दिए ।
दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन सकेको छैन । भौगोलिक विकटताको कारण उद्धारमा कठिनाई भएको प्रहरीले जनाएको छ ।
जीप सडकबाट करीव ७ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जीपमा १५ जना सवार थिए ।
प्रतिक्रिया दिनुहोस्