२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नेप्से १८ अंकले बढेर १७ सय ६६ पुग्यो


0
Shares

काठमाडौं, भदौ १३ । सोमबार पनि शेयर बजारमा सुधार जारी रह्यो । उतार–चढावबीच बजार परिसूचक नेप्से १८ अंकले उकालो लागेर १७ सय ६६ पुगेर थामियो ।

होटल र जलविद्युत्बाहेक अरु कारोबार भएका सबै समूह सकारात्मक रहेसँगै नेप्सेमा उल्लेख्य सुधार आएको हो । बीमा समूहमा सबैभन्दा उच्च ५५ अंकले सुधार आयो ।

उत्पादनमूलक समूह पनि ३६ अंकले उकालो लाग्यो । वाणिज्य बैंक समूहमा २३ अंक र विकास बैंक समूहमा पनि १७ अंकको बृद्धि आयो । वित्त र अन्य समूह सामान्य अंकले सकारात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४० कम्पनीको २९ लाख ५७ हजार कित्ता शेयर डेढ अर्ब रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।