
काठमाडौं, भदौ १३ । फ्रान्सेली बहुदेशीय अटोमोबाइल उत्पादक रेनो नेपाली बजारमा प्रवेश गरेको छ ।
विशाल समूहसँगको साझेदारीमा रेनो ब्रान्ड नेपाली बजारमा प्रवेश गरेको हो ।
सोमबार राजधानीमा विशाल समूहअन्तर्गत्को एडभान्स अटोमोबाइल्सले नेपालमा रेनोको क्विड र डस्टर सेगमेन्टका कारहरु भित्र्याएको हो ।
रेनो क्विड कम्प्याक्ट ह्याचव्याक र रेनो डस्टरमा रहेको विशिष्ट स्टाइल र विशेषताहरुले ग्राहकहरु आकर्षित हुने विश्वास कम्पनीको छ ।
नेपाली बजारमा रेनो क्विडको मूल्य १६ लाख ९० हजार रुपैयाँ र रेनो डस्टरको मूल्य ३५ लाख ३६ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्