१८ चैत्र २०७९, शनिबार | Sun Apr 2 2023


‘नेपालबाट भारतसम्म बौद्ध परिपथको विस्तार गर्ने तयारी’


0
Shares

काठमाडौं, असार २५ । संस्कृति, पर्यटन नागरिक तथा उड्डयनमन्त्री रवीन्द्र अधिकारीले स्थानीय तहमा पर्यटकको संख्या वृद्धि गर्नका लागि बौद्ध परिपथले सहयोग गर्ने बताएका छन् ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले ‘भिजिट नेपाल २०२०’ को उद्देश्य पूरा गर्न बौद्ध परिपथले सहयोग पुग्ने बताए ।

पर्यटनको विकास तथा विस्तार र बौद्धधर्मको विस्तार गर्नका लागि नेपालबाट भारतसम्म बौद्ध परिपथको विस्तार गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

कार्यक्रममा बुद्ध जन्मस्थल लुम्बिनीबाट बौद्ध परिपथको विभिन्न स्थानमा विस्तार गरिने लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यले जानकारी दिए ।