Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


अनैतिक क्रियाकलापमा संलग्न ४५ भारतीयसहित तीन नेपाली पक्राउ


0
Shares

वीरगन्ज, भदौ १४ । पर्सा जिल्लाको इनरुवा क्षेत्रमा रहेका ससाना होटलमा अवैध धन्दामा संलग्न ४५ जना भारतीयसहित तीन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

मदिरा पसलमा अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयवासीको गुनासो आउन थालेपछि प्रहरी टोलीले सो ठाउँमा छापामारी उनीहरुलाई पक्राउ गरेको हो ।

नेपाल तथा भारतका महिलाहरुले विगत लामो समयदेखि सो क्षेत्रमा मदिरा पसलको आडमा अनैतिक क्रियाकलाप गर्ने गरेकाले उनीहरुलाई सोमबार साँझ पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको पर्साका प्रहरी प्रमुख उपरीक्षक राजुबाबु श्रेष्ठले बताए ।

चेकजाँचको क्रममा मदिरा सेवन गरी मोटरसाइकल चलाउने व्यक्तिलाई समेत पक्राउ गरिएको बताइएको छ । (रासस)