
काठमाडौं, भदौ १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच मधेसकेन्द्रित दललाई सहमतिमा ल्याएर संविधान संशोधन गर्ने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको छलफलमा स्थानीय निकायको पुनःसंरचनाका विषयमा देखिएको विवाद, संविधान संशोधन तथा मधेसकेन्द्रित दललाई सहमतिमा ल्याउने विषयमा कुराकानी भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
यसैबीच, वरिष्ठ नेता पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले प्रधानमन्त्रीसँग संविधान संशोधन र मधेसकेन्द्रित दलको माग सम्बोधनलगायत विषयमा कुराकानी भएको जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्