३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


नेपालबाट ४५ जना भारतीय समातिए (भिडियो)


0
Shares

अनिल तिवारी (इमेज)
वीरगन्ज, भदौ १४ । पर्सा प्रहरीले तीन दर्जनभन्दा बढी भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

वीरगन्जको सीमावर्ती इनरवा क्षेत्रमा रहेका स–साना होटलमा मादकपदार्थ सेवन र अवैध क्रियाकलाप गरेको आरोपमा प्रहरीले ४५ जना भारतीयसहित तीन नेपालीलाई पक्राउ गरेको हो ।

मदिरा पसलमा अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयबासीको गुनासो बढेपछि प्रहरी टोलीले सोमबार साँझ सो ठाउँमा छापामारी उनीहरुलाई रंगेहात पक्राउ गरेको हो ।

नेपाली र भारतीय महिलाहरुले सो क्षेत्रमा मदिरा पसलको आडमा अनैतिक क्रियाकलाप गर्दै आएको स्थानीय बासिन्दाको आरोप छ ।

भारतको बिहारमा मादकपदार्थ सेवन तथा बिक्रीमा प्रतिबन्ध लगाइएपछि भारतीयहरु सीमावर्ती नेपाली भूमिमा आइ मदिरा सेवन गर्नेक्रम बढेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्