पूर्व सांसदहरुको सेवा सुविधा कटौती भएकोमा आपत्ती • Image Khabar Image Khabar


पूर्व सांसदहरुको सेवा सुविधा कटौती भएकोमा आपत्ती


Imagekhabar
१५ भाद्र २०७३, बुधबार १८:२६

पूर्व सांसदहरुको सेवा सुविधा कटौती भएकोमा आपत्ती

काठमाडौं, भदौ १५ । पूर्व सांसदहरुले आफूहरुले पाउँदै आएको सेवा सुविधा सरकारले कटौती गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर पूर्वसांसदहरुले आफूहरुलाई सुविधाबाट वञ्चित गरेर सरकार पूर्वाग्रही भएको गुनासो गरे ।

उनीहरुले आफुहरुलाई न्यूनतम सेवा सुविधा उपलव्ध गराई पूर्व सांसदहरुको मर्यादा कायम राख्न प्रधानमन्त्रीसमक्ष माग गरे ।

नीति निर्माण तह, राज्य पुनर्संरचनालगायतका विषयमा आफूहरुको सुझाव लिनसमेत उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

पूर्वसांसदहरुको कुरा सुनेपछि प्रधानमन्त्री दाहालले राज्य अहिले आर्थिक रुपमा सम्पन्न नभएकाले तत्काल सेवा सुविधा दिन नसकिने जवाफ दिएका थिए ।

प्रधानमन्त्री दाहालले पूर्व सांसदहरुको मर्यादा कायम राख्न आफू सकारात्मक रहेको र यस विषयमा मन्त्रिपरिषद्को बैठकले छिट्टै निर्णय लिने आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस्