मधेसको विषयमा भ्रम नछर्नोस् : मन्त्री गगन थापा • Image Khabar Image Khabar


मधेसको विषयमा भ्रम नछर्नोस् : मन्त्री गगन थापा


Imagekhabar
१५ भाद्र २०७३, बुधबार २१:३०

मधेसको विषयमा भ्रम नछर्नोस् : मन्त्री गगन थापा

                                                     फाइल फोटो

बनेपा, भदौ १५ । स्वास्थ्यमन्त्री गगन थापाले वर्तमान सकारको पहिलो राष्ट्रिय प्राथमिकता निर्वाचन नै भएको बताएका छन् ।

अरनिको यातायात समितिको ४५औं साधरणसभामा उनले संविधान निर्माणमा सबै राजनीतिक दल एकत्रित भएझैं संविधान कार्यान्वयनका लागि पनि त्यस्तै भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

मन्त्री थापाले भने–‘स्थानीय निर्वाचन, प्रादेशिक निर्वाचन र संसदको निर्वाचन निर्धारित् समयमा नभए हामी सबै पराजित हुन्छौं ।’

उनले मधेसमा कांग्रेस, एमाले र माओवादीका नेता नै निर्वाचित भएर आएकाले मधेसको विषयमा भ्रम नछर्न मधेसी नेतालाई आग्रह गर्दै स्वास्थ्यको क्षेत्रमा नागरिकले परिवर्तनको अनुभूति हुने गरी काम गर्ने आश्वासन दिए ।

कार्यक्रममा सांसदद्धय विदुर सापकोटा, कञ्चनचन्द्र वादेलगायतले यातायात क्षेत्रको समस्या समाधानका विषयमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

साधरणसभाले अध्यक्ष र सचिवमा क्रमशः श्याम लामा र राजकुमार बस्नतेलाई निर्विरोध निर्वाचित गरेको छ भने अरु पदमा पछि निर्वाचन हुने बताइएको छ ।

यसैबीच, मन्त्री थापाले बनेपास्थित शिर मेमोरियल अस्पताल र मासुनागा आँखा अस्पताल निरीक्षण गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्