इलाम, भदौ १५ । नेपालका लागि अष्ट्रेलियन राजदूत ग्लेन ह्वाइटले नेपाली महिलाहरुमा समस्याकारुपमा देखिएको प्रसव फिस्टुला निको हुने भन्दै त्यस्ता बिरामीहरुलाई ढुक्क हुन आग्रह गरेका छन् ।
जनस्वास्थ्य सरोकार ट्रस्टले बुधबार इलाममा आयोजना गरेको प्रसव फिस्टुलासम्बन्धी कार्यक्रममा राजदूत ह्वाइटले सर्वसाधारणमा यो रोगको उपचार सम्भव छ भन्ने जानकारी नभएकाले रोगले समस्याको रुप लिएको बताए ।
उनले समाजका अगुवा तथा शिक्षित व्यक्तिमार्फत् प्रचार–प्रसार गर्दै त्यस्ता बिरामीहरुको उपचार गराउन सबैलाई आग्रहसमेत गरे ।
कार्यक्रममा ट्रस्टका कार्यकारी निर्देशक डा. भरत प्रधानले पनि उक्त रोगकोबारेमा जानकारी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्