Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


गैरसरकारी संस्थाको आवरणमा ठगी गर्ने दुईजना पक्राउ


0
Shares

काठमाडौं, भदौ १५ । गैरसरकारी संस्थाको आवरणमा ठगी गर्ने दुईजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

वि.सं. २०७० मा शान्ति, समृद्धि र समानताको नारा लिइ स्थापना भएको बुद्धिष्ट जनाधिकार मञ्च, नेपाल नामको गैरसरकारी संस्थाका अध्यक्ष बूढानिलकन्ठ नगरपालिकाका सकुन शेरचन्द र सो संस्थाका महासचिव अमरकान्त चौधरीलाई पक्राउ गरिएको हो ।

राहत तथा सहयोगका नाममा अमेरिकाको गो फन्ड मि, मलेसियाको शाक्यमुनि फाउन्डेसन र दुबईको मेकान्नी जस्ता संस्था तथा सयौं मानिसबाट राहतस्वरुप पटक–पटक गरी रु तीन करोड १७ लाख ४६ हजार ५०१ संस्थाको बैंक खातामा जम्मा भएपछि सो रकम उनीहरुले दुरुपयोग गरेका थिए ।

प्राप्त रकममध्ये रु एक करोड ६७ लाख ७८ हजार ५०० भूकम्पपीडितलाई राहत वितरण गरेको देखाइ ठगी गरेको भन्ने व्यहोराको निवेदन सो संस्थाका पूर्वपदाधिकारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दिएकाले सो सम्बन्धमा अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । रासस