२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


कास्कीमा सामाजिक सुरक्षाभत्ता बैंकमार्फत्


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, भदौ १५ । सामाजिक सुरक्षाभत्ता बैंकमार्फत् प्रदान गर्न जिल्ला विकास समिति कास्की र सम्बन्धित बैंकहरुबीच सम्झौता आदान–प्रदान भएको छ ।

जिल्ला विकास समिति कास्कीले गरेको कार्यक्रममा क्षेत्रीय प्रशासक गोपीप्रसाद मैनालीले सम्झौता हस्तान्तरण गरे ।

सम्झौताअनुसार कास्कीमा हाल कायम ३२ गाविसमध्ये ३१ गाविसमा मुक्तिनाथ विकास बैंकमार्फत् र एउटामा ओम डेभलपमेन्ट बैंकमा खाता खोलेर सेवाग्राहीले सामाजिक सुरक्षाभत्ता पाउनेछन् ।

बैंकहरुमार्फत् जिल्लामा २८ करोड रुपैयाँ सामाजिक सुरक्षाभत्ता वितरण हुने जनाइएको छ । यसबाट १७ हजार ६ सयजनाले लाभ बताइएको छ ।