२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


‘क्यान कम्टेक’को तयारी अन्तिम चरणमा


0
Shares

काठमाडौं, भदौ १५ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघको आयोजनामा हुन लागेको ‘सुबिसु क्यान कम्टेक २०१६’को तयारी करिब अन्तिम चरणमा रहेको जनाइएको छ ।

भदौं २३ देखि २६ गतेसम्म काठमाडौंस्थित भृकुटीमन्डपमा हुन लागेको मेलाबारे बुधबार गरिएको पत्रकार सम्मेलनमा विस्तृत जानकारी गराइएको हो ।

सूचना तथा सन्चार क्षेत्रमा विकसित पछिल्ला प्रविधि, यस क्षेत्रको विकास र विस्तारका लागि रणनीति निर्माण गर्ने उद्देश्यले मेला आयोजना गर्न लागेको क्यान महासंघले जनाएको छ ।

मेलामा इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन, इलेक्ट्रोनिक सेक्युरिटी तथा सेफ्टी एन्ड सलुसन, हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन, मोबाइल एसोसेरिज, डिलर र डिस्ट्रिब्युटर्सलगायतका सय स्टल रहने जनाइएको छ ।